बेलबारी घटनाका मुख्य योजनाकार सरदार बराहक्षेत्रबाट पक्राउ

<span class='c1'>बेलबारी घटनाका मुख्य योजनाकार</span> <span class='c2'>सरदार बराहक्षेत्रबाट पक्राउ</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा गत भदौ १२ गते ४० वर्षीय चन्द्रकुमार राई हत्या संलग्न आरोपका मुख्य योजना भनिएका व्यक्ति पक्राउ परेका छन् ।
सामूहिक आक्रमणको नेतृत्व गरेको आरोप लागेका बेलबारी –५ का ३१ वर्षीय विनय सरदारलाई प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनबाट पक्राउ गरेको हो ।

त्यहाँ रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोली सोमबार पुगेको थियो । घटना भएको १८ दिनपछि सरदारलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो ।
गत भदौ १२ गते सरदारको नेतृत्वले सामूहिक आक्रमण गर्दा ४० वर्षीय राईको मृत्यु हुनका साथै उनका परिवारका तीन जना घाइते भएका थिए । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यहीदिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । एउटै परिवारका उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथन– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्के लगायत अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्