सप्तरीका ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट वीपीमा मृत्यु

सप्तरीका ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट वीपीमा मृत्यु

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।

 

गत भदौ २८ गते कोरोना पोजेटिभ देखिएका उनलाई स्वास्थ्यमा समस्या बढेपछि भदौ ३० गते प्रतिष्ठानमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । मृगौलामा समस्या भएका कारण उनी हप्ता दुई पटक डाइलसिस गराइरहेका थिए ।

योसगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । तीमध्ये १४ जना प्रदेश २ का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्