कोशीको प्रयोगशालाका दुई कर्मचारीमा कोरोना संक्रमण, पीसीआर परीक्षण प्रभावित

<span class='c1'>कोशीको प्रयोगशालाका दुई कर्मचारीमा कोरोना</span> <span class='c2'>संक्रमण, पीसीआर परीक्षण प्रभावित</span>

विराटनगर । कोशी अस्पताल विराटनगरको प्रयोगशालाका दुईजना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको पीसीआर प्रयोगशाला र जनरल प्रयोगशालामा काम गर्ने १–१ कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका प्राविधिकमा नै कोरोना संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षणको काम समेत प्रभावित हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिनको रिएजेन्ट किट नहुँदा र कर्मचारीमा संक्रमण देखिएका कारण पीसीआर जाँच प्रभावित बन्ने देखिएको हो ।

कोशीको पीसीआर ल्याबमा १० जना कर्मचारी छन् । एकजना कर्मचारीलाई कोरोना देखिएका कारण अन्य कर्मचारीले सतर्कता अपनाएर काम गरिरहेका छन् । अति आवश्यक भएकाले पीसीआर प्रयोगशाला सञ्चालनमा छ । जनरल प्रयोगशाला भने बन्द गरिएको छ । संक्रमितको कन्ट्याक ट्रेसिङका लागि इमरजेन्सी ल्याब खुला राखेर जनरल प्रयोगशाला दुई दिनका लागि बन्द गरिएको उनले बताए ।

 

थप दुईमा कोरोना संक्रमण देखिएसँगै कोशीमा संक्रमितको संख्या ३० पुगेको छ । बिहीबार बिहानसम्म संक्रमित कर्मचारीको संख्या ३० पुगेको हो । तीमध्ये २४ जना संक्रमणमुक्त छन् । छजना कर्मचारी उपचाररत् रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दासले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्