धरान । सुनसरीको धरानमा ट्रिपर दुर्घटना हु्दा एक जना गम्भीर घाईते भएका छन ।
धनकुटाबाट धरानतर्फ आईरहेको ट्रिपर शुक्रबार अबेर राती धरान ४ स्थित कोसी राजमार्गमा दुर्घटना हुदा सुनसरी ईटहरी घर भएका ट्रिपर चालक नेत्र भटटराई गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
बा.४ ख ९७८३ नम्बरको ट्रिपर राती करिब १ बजे धरान ४ राजमार्गबाट करिब ५ सय मिटर तल भिरबाट तल झरी दुर्घटना भएको थियो ।
सोही दुर्घटनामा परि घाईते भएका ट्रिपर चालक भटटराईको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार भईरहेको छ ।
दुर्घटना भएको स्थानबाट ट्रिपर निकै तल झरेकोले ट्रिपर निकाल्न समस्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले धनकुटाबाट ट्रिपर आएको बताए पनि घाईते चालक भटटराईका श्रीमती बिमला भटटराईका अनुसार उनका श्रीमान तेह्थुुमबाट ईटहरी आउदै गरेको बताएकी छिन ।