बिराटनगर । देशभरि संविधान दिवस मनाईरहदा साझा पार्टी मोरङले सरकारका कामको विरोध गरेको छ । नेपालमा मौलाएको भष्टाचार, नातावाद, कृपावाद, कोरोनाको कहरबीच सरकारेले खरिद गरेको स्वास्थ्य समाग्रीमा भएको अतियमितताको विरोध जनाएको हो ।
वर्तमान सरकारलाई असफल सरकारको संज्ञा दिदैं साझा पार्टी मोरङका संयोजक अमलेश कर्णले आम नेपाली जनताको हितमा सरकारलाई काम गर्न आग्रह समेत गरेका छन्।