नेकपा विराटनगर निरन्तर अभियानमा

नेकपा विराटनगर निरन्तर अभियानमा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ ।
नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो ।


अध्यक्ष थापाका अनुसार विराटनगर ५ मा ३५ घर संक्रमित परिवार र वडा नम्बर १७ का ३२ संक्रमित परिवारसँग भेटघाट गरेको हो ।
भेटका क्रममा केन्द्रीय सदस्यसमेत रहनु भएका मण्डल र अध्यक्ष थापाले आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार, जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी हस्तान्तरण गर्नुभएको थियो ।

नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिब ११ सय संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको छ । अभियानबाट समाजमा कोरोना संक्रमितलाई हेला होइन माया गर्नुपर्छ भन्ने भावना पैदा भएको अध्यक्ष थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्