ताप्लेजुङकी संक्रमितको विराटनगरमा मृत्यु

<span class='c1'>ताप्लेजुङकी संक्रमितको</span> <span class='c2'>विराटनगरमा मृत्यु</span>

विराटनगर । विराटनगरमा ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ। मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ३७ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको हो।

उच्च रक्तचाप तथा कलेजोको समस्या भएकी महिलालाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भदौ ३० गते विराट मेडिकल कलेजको आइसियूमा भर्ना भएको प्रशासन प्रमुख सुधिरसिंह राठौरले बताए। मृतकको शव व्यवस्थापनको तयारी भइरहेको उनले बताए। प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्