औषधी व्यवस्था विभागमा सहयोगी कक्ष स्थापना

<span class='c1'>औषधी व्यवस्था विभागमा</span> <span class='c2'>सहयोगी कक्ष स्थापना</span>

विराटनगर । नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा पु¥याउने उद्देश्यले हेल्प डेक्स संचालनमा ल्याइएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त रूपमा बुधबार एक कार्यक्रम आयोजना गरि हेल्प डेक्स संचालनमा ल्याएका हुन् ।

हेल्प डेक्सको शुभराम्भ विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेटलले गर्नु भएको छ । सेवाग्राहीलाई सहज रुपमा छिटो छरितो तरिकाले सेवा प्रवाह गर्नका लागि हेल्प डेक्स स्थापना गरिएको कट्टेलको दावी छ ।
यस अघि विभागमा नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाले हेल्प डेक्स राखेको थियो । लकडाउन सुरू भएयता बन्द भएपछि झापा, मोरङ र सुनसरीका औषधी व्यवसायीहरूले एक जना प्राविधिक राखेर हेल्प डेस्क स्थापना गरेका हुन् ।

नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले हेल्प डेक्स संचालनमा आएपछि व्यवसायीहरूको अनलाइन फारम भर्नेदेखि पसलको नविकरण र नयाँ पसल दर्ताको प्रक्रियामा सहज हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, झापा अध्यक्ष गौतम गुप्ता, सुनसरी अध्यक्ष रबिन्द्र घिमिरे, कोशी अञ्चलका पूर्व अध्यक्ष तथा मोरङका सल्लाहाकार लक्ष्मण माझी र तीन जिल्लाका पदाधिकारी र व्यवसायहीहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्