प्रदेश १ मा शुक्रबार ८५ संक्रमित थपिए, ३८ जना डिस्चार्ज

<span class='c1'>प्रदेश १ मा शुक्रबार ८५</span> <span class='c2'>संक्रमित थपिए, ३८ जना डिस्चार्ज</span>

विराटनगर । प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहवीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको छ ।

प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आईसोलेसन केन्द्र बाट ८, होम आईसोलेसनबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १९ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्