कोरोना सङ्क्रमणबाट झापामा थप एकको मृत्यु

<span class='c1'>कोरोना सङ्क्रमणबाट झापामा</span> <span class='c2'>थप एकको मृत्यु</span>

झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उहाँको मृत्यु भएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत हुनुहुन्थ्यो ।

आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उहाँले बताउनुभयो । हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ । कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उहाँले बताउनुभयो । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्