विराटनगर । विराटनगरमा सोमबार दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
झापाको गौरादह–१ घर भएका ५२ वर्षीय पुरुषको दिउँसो २ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार थालिएको थियो । उनी सुगर, प्रसेसर र अल्कोहलिक रोगको विरामी गत असोज ३ गते उपचारका लागि नोबेल ल्याइएको थियो ।