विराटनगरमा सडकका कुकुरलाई रेबिज विरुद्धको खोप लगाउँदै युवा

<span class='c1'>विराटनगरमा सडकका कुकुरलाई रेबिज</span> <span class='c2'>विरुद्धको खोप लगाउँदै युवा</span>

विराटनगर । १४ औँ विश्व रेबिज विरुद्ध दिवसको अवसरमा विराटनगरका स्थानीय युवाहरुले सडकमा खुला छाडिएका कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाएका छन् ।
युथ हेण्ड फर भ्वाइसलेस विराटनगरको आयोजना तथा हिन्दु जागरण नेपाल मोरङ महिला विभागको सहयोगमा विराटनगरको संसारी माइस्थानमा कार्यक्रमको सुरुवात गरिएको थियो ।

युवाहरुले सडकमा रहेका कुकुरहरुलाई रेबिज विरुद्धको खोपका साथै सडक दुर्घटना न्यूनिकरणका लागि कुकुरको घाँटीमा रिफ्लेक्टिभ लाइट बेल्ट समेत बाँधेका थिए ।
‘रेबिज डे’ को अवसरमा विराटनगरको सडकमा खुला छाडिएको अवस्थामा रहेका कुकुरका कारण सडक दुर्घटना हुनसक्ने सम्भावित जोखिम न्यूनिकरणका निमित्त कुकुरको घाँटीमा रिफ्लेक्टिभ लाइट बेल्ट बाँधेको युथ हेण्ड फर भ्वाइसलेस अभियन्ता स्वीकृती कोइरालले बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथी नेपाल भेट प्रदेश नम्बर १ का अध्यक्ष डाक्टर सञ्जय कुमार यादवले २०३० सम्म सरकारले रेबिज रहित नेपाल बनाउने लक्ष्य राखेको बताउनुभयो । त्यस्तै वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कुमार कार्कीले युवाहरुले गरेका काममा प्रहरीको सधैँ साथ रहने बताउनुभयो । ‘युवाहरुले गरेका यस्ता खालका कार्यहरुले स्वास्थ्य तथा दुर्घटना न्यूनिकरणमा समेत सहयोग पुग्ने बताउनुभयो ।


कार्यक्रममा हिन्दु जागरण नेपाल मोरङ महिला विभागकी अध्यक्ष रमा प्रसाईं, कोषाध्यक्ष सीता प्रसाईं, समन्वय समिति संयोजक राजेश मास्के युवा अभियान्ता पेरिस सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्