कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

<span class='c1'>कोशी अस्पतालको आइसोलेसनमा</span> <span class='c2'>कोरोना संक्रमितको मृत्यु</span>

विराटनगर । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताउनुभयो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्