गौरादहमा हथौडाले हानेर बृद्धाको हत्या

<span class='c1'>गौरादहमा हथौडाले हानेर</span> <span class='c2'>बृद्धाको हत्या</span>

झापा । झापा गौरादह–१ मा ६५ वर्षीया बृद्धाको बिभत्स हत्या गरिएको अवस्थामा भेटिएको छ ।
गौरादह १ शिवालय मन्दिर नजिक घरमा बस्ने मनमाया भण्डारीको सोमबार बेलुका हात बाँधेर टाउको हथौडाले हानेर हत्या गरिएको पाइएको हो ।
बृद्धाको निधार र टाउकोमा गहिरो चोट छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हथौडाले उनको टाउकोमा हानेर हत्या गरिएको खुलेको छ । भण्डारीको शव घरभित्रको खाटमुनि दुवै हात पछाडि बाँधिएको अबस्थामा फेला परेको थियो ।

हात बाँधेर हत्या गरेको र त्यसपछि लास खाटमुनि छोडिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएर अनुसन्धान थालिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्