गर्मी बढेसँगै विराटनगरका अस्पतालमा बिरामीको चाप

<span class='c1'>गर्मी बढेसँगै विराटनगरका</span> <span class='c2'>अस्पतालमा बिरामीको चाप</span>

गर्मी बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार केही दिनयता भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। यस्तै छालासम्बन्धी समस्या लिएर अस्पताल आउने पनि बढेको डा. पोखरेलले जानकारी दिए। वैशाखको अनुपातमा जेठको सुरुदेखि हालसम्म ३० प्रतिशत बढी बिरामी उपचारका लागि अञ्चल अस्पताल आएको उनले बताए।

अञ्चल अस्पतालमा मात्र होइन, मोरङका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि केही दिनयता बिरामीको चाप बढेको छ। ‘ग्रामीण क्षेत्रमा पनि ज्वरो र छालासम्बन्धी समस्यावाट पीडित भई आउनेको संख्या उच्च छ,’ जिल्ला जनस्वास्थ्य प्रमुख भानु याङ्देनले भने।

विराटनगरका विभिन्न निजी अस्पतालमा पनि विगतभन्दा अहिले बिरामीको चाप बढेको छ। उनीहरूमा आधाभन्दा बढी मौसम परिवर्तनकै कारणबाट पीडित भएकाहरू रहेको अस्पतालहरूले बताएका छन्। गर्मीका कारण आँखा पाक्ने समस्या पनि देखिन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्