बेवारिसे र घाईते कुकुरको संरक्षण गर्दै विराटनगरका युवा

<span class='c1'>बेवारिसे र घाईते कुकुरको</span> <span class='c2'>संरक्षण गर्दै विराटनगरका युवा</span>

प्रेम देवान
विराटनगर । सडकमा बेवारिसे अवस्था रहेका कुकुरहरुको विराटनगरका स्थानिय युवाहरुले रेखदेख तथा संरक्षण गर्न थालेका छन् । लामो समयदेखी सडकमा घाईते अवस्थामा बसेका विवारिसे कुकुरलाई रेखदेख गर्न थालेका हुन् ।

यसैविच सडकमा बस्दै आएको एउटा कुकुरलाई गाडीले ठक्कर दिई घाईते अवस्थामा रहेको कुकुरलाई पनि युवाहरुको समुहले उपचारको व्यावस्था गरेका छन् । घाईते भई सडकमा हिड्न समेत नसक्ने कुकुरलाई विराटनगर १० का स्थानिय युवा एन्ड्रयु श्रेष्ठले भेटेपछि उपचारको लागी भन्दै सामाजिक संञ्जालमा फेशबुक मार्फत जानकारी गराए ।
त्यसपस्चात उनको त्यो पोष्टसँगै धेरै जनाले उपचार गर्नुपर्ने सुझावसँगै उपचार गर्न पहल गरे । सामाजिक संजालमा कुकुरको दननिय अवस्था देखेर श्रेष्ठलाई सम्र्पक गरी कुकुरको उपचार गर्ने तर्फ केही युवा लागी पर्छन् । उनलाई सहयोग गर्न विराटनगरका अभियानकर्मी एलिना प्रसाई , साहिल प्रसाई र कृति कोईराला जोडिन्छन् । उनीहरुको समुहलाई तत्काल उपचार गर्ने पैसा नहुदाँ एक आपसमा र आफन्तसँग पैसा जम्मा गरी कुकुरको उपचार गराउने तर्फ लाग्छन् ।
कुकुरको ढाडमा गम्भिर चोट लागी प्यारालाइसिस भएको थियो । प्यारालासिस भएको कुकुरलाई व्ह्ीलचियरबाट मात्र सम्भव हुने भएपछि व्ह्ील चियरको व्यावस्थापन मिलाउन तर्फ लागी परे युवा जमात । व्ह्वील चियरको लागी भारतमा समेत सम्र्पक गरी मगाउने प्रयास गरे तर लकडाउनका कारण तत्काल ल्याउने नसक्ने भएपछि नेपालमा नै बनाउने तयारीमा जुटे । नभन्दै करिब १० हजार खर्च गरी विराटनगरमा मै ह्वील चियरको व्यावस्था पनि मिलाए ।


विराटनगर १० स्थित मास्के किराना पसल अगाडी अशक्त अवस्थामा रहेको कुकुरको स्वास्थ्य चेकजाँचको समेत व्यावस्था मिलाएको थिए । करिब २ महिनापछि अशक्त अवस्थामा रहेको कुकुरले ह्वील चियरको व्यावस्थापनपछि कुकुरले नयाँ जिवन पाएको छ । सडकमा छाडिएका र वेवारिसे जनवारको महानगरपालीकाले रेखदेख गर्नुपर्ने हो तर आज यसरी युवाहरुको समुहले अचेत अवस्थामा रहेको कुकुरको लागी हिड्न सक्ने बातावरण सिर्जना गरिदिएकाछन् । युवाहरुको काम देखेर विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले समेत सहरानीय कार्य भएको भन्दै युवाहरुको समुहलाई प्रशंसा गरेका छन् । हाल उक्त कुकुरलाई धरान रेलवय स्थित लगिएको छ । मास्के किराना पसलका संचालक राम मास्केको घरमा अहिले कुकुरलाई सुरक्षितसँग राखिएको छ । उनीहरको समुहले यो मात्र हैन करिब एक दर्जन कुकुरहरुको रेखदेख तथा संरक्षण गरिसेकेका छन् । विराटनगरका सडकमा अझै पनि धेरै घाईते अवस्थामा कुकुरहरु भेटिन्छन् । तिनीहरुको रेखदेख तथा सरक्षण गर्नमा सम्बन्धीत निकायले ध्यान पुगोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्