मोरङको ग्रामथानमा ट्याक्टरले किचेर चालकको मृत्यु , मृतकको पहिचान खुलेन

<span class='c1'>मोरङको ग्रामथानमा ट्याक्टरले किचेर चालकको</span> <span class='c2'>मृत्यु , मृतकको पहिचान खुलेन</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–१ स्थित सिंघीया खोलाको गोकुवा पुलमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भएर सोमबार बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर को १ त ८८१३ नम्बरको ट्याक्टरका चालक अन्दाजी ३५÷४० वर्षीय पुरुषको मृत्युभएको मोरङ प्रहरी प्रवत्ता मानबहादुर राईले जानकारी दिए ।

पूर्वतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भएर बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरले किचेर मृत्यु भएको अवस्थामा एक घण्टाभन्दा बढी समय लगाएर प्रहरीले शव बाहिर निकालेको थियो । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । ट्याक्टर चालकको अझै पहिचान नखुलेको मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्