विराटनगर लेडिज सर्कलले विपन्न बाँड्यो साइकल

<span class='c1'>विराटनगर लेडिज सर्कलले</span> <span class='c2'>विपन्न बाँड्यो साइकल</span>

विराटनगर । विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अतिविपन्न ३० जनालाई निःशुल्क साइकल वितरण गरेको छ । कोरानाको कहरको बेला दैनिक ज्याला मजदुरी गरेर खाने वर्गले साइकल पाएपछि खुसी भएका छन् ।
विराटनगरका विपन्न बालबालिहरूको साइकल चढ्ने अभिलासा पूरा गर्न र अति विपन्न वर्गका मानिसहरूलाई कामगर्न आवातजावतका लागि साइकल उपलब्ध गराएको सर्कलले जनाएको छ ।

विराटनगर–१० मा रहेका बालबालिकासहित अति विपन्न वर्गका मानिसहरूको पहिचान गरेर संस्थाले पुरानो साइकल संकलन गरी निःशुल्क साइकल हस्तान्तरण गरेको छ । साइकल नभएका कारण दैनिक ज्याला मजदुरी गर्न जान आउन समस्या रहेको बेला संस्थाले साइकल उपलब्ध गराएपछि अब सहज हुने भन्दै लाभग्राहीहरूले खुसी व्यक्त गरेका हुन् ।
साइकल पाएपछि विराटनगर–१० की अनिता मगरले दंग हुँदै भनिन्, “यसरी सित्तैमा साइकल पाउँछु भन्ने सपनामा पनि सोचेको थिइन् । अब आवतजावतमा सहज हुने भएको छ ।”

सहयोगस्वरुप साइकल पाएपछि बालबालिकाहरू पनि दंग परेका छन् । उनीहरूले आमाबुबाको साइकल किनिदिने सपनालाई संस्थाले साकार बनाइदिएको बताएका छन् । साइकल किन्ने क्षमता नभएका विपन्न र बालबालिकाहरूका लागि विराटनगर लेडिज सर्कल नेपालले साइकल सहयोग उपलब्ध गराएर निकै नै सराहनीय काम गरेको राउण्ड टेवल–११ का अध्यक्ष हरिवंश राठीले बताए । उनले आगामी दिनमा पनि समाजमा यस्तो प्रकारको सामाजिक कामलाई निरन्तरता दिन सर्कललाई आग्रह गरे ।

यो अति नै प्रशंसनीय कार्य हो,” उनले थपे, “यस्तो काम आगामी दिनमा पनि संस्थाबाट हुनेछ भन्ने मलाई विश्वास छ ।” अति विपन्न वर्गका मानिसको बिजोग देखेर मनकारी सहयोगीहरूबाट पुरानो साइकल संकलन गरेर मर्मतपश्चात हस्तान्तरण गरिएको विराटनगर लेडिज सर्कल नेपालकी अध्यक्ष सालु टिव्रेवालाले बताइन् ।
बालबालिकाहरूको अनुहारमा खुसी देख्नका लागि र अति विपन्न वर्गका मानिसहरूलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले साइकल सहयोग गरेको उनले बताइन् । अगामी दिनमा पनि संस्थाले अति विपन्नहरूको पहिचान गरेर निःशुल्क साइकल वितरण गर्ने र जाडोको न्यानो कपडा वितरण गर्ने टिव्रेवालाको भनाइ छ । संस्थाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्