विराटनगर । सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि पक्राउ गरेको हो ।
सरदार २०६२ साल मंसिर १९ गते कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस चाल रहेका थिए । त्यसक्रममा सुनसरीको मधेशा–४ राजमार्गमा दुर्घटना हुदा बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको सवारी दुर्घटनामा मृत्यु भएको थियो । बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ पक्राउ गरी उनि उपर कानुनी कारबाही अगाडी बढाईएको हो ।
यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र चोरी मुद्दाका तिन जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर–६ का ५३ बर्षीय सकिल खान रहेका छन भने चोरीका विराटनगर–१ का ३० बर्षीय लाले राय सहनी र सोही स्थानका ४८ बर्षीय दिपेश राय सहनी रहेका छन ।
उनिहरु २०७३ साल असार २४ गते बाट फरार रहेका थिए । पक्राउ पश्चात उनिहरुलाइ जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।