कलेशका कुरा र कतारले सिकाएको पाठ

<span class='c1'>कलेशका कुरा र</span> <span class='c2'>कतारले सिकाएको पाठ</span>

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर ८ हाटखोला बस स्टेसन छेउको एउटा खाजा घरमा जब म पुगे हसिलो अनुहारका साथमा एक युवकले के लिनु हुन्छ भनेर नम्र आवाजमा सोधे । एउटा चिया बनाइदिनु भनेर म टेबलमा बसे म त्यहाँको ‘रेगुलर कस्टुमर’ थिए । तर, मैले तिनीलाई त्यहाँ देखेको थिइन् । मैले सोधे, ‘दाई यहाँको मान्छेहरु खोई ।’ उनले भने, ‘म नै हुँ त ।’ म एक हप्ता पछाडी त्यहाँ पुगेको थिए । केही दिनदेखि बन्द रहेको होटलको कारण बल्ल थाहाँ पाए । मैले फेरी सोधे, ‘तपाईले किन्नु भएको ?’ उनको उत्तर,‘हजुर ’ चियाको गिलास टेबलमा राख्दै उनले भने ।

यसरी हाम्रो भलाकुसारी सुरु भयो :

कशेल कुमार दास रहेछ उनको नाम । सुनबर्षी नगरपालिका ४ कासिजान घर भएका उनी एक महिना अगाडी मात्र नेपाल आएका रहेछन् । ३ बर्ष अगाडी उनी कतारको अबुधाबीमा रहेको रासिद प्याकेजिङ्ग नामक कम्पनिमा सामान प्याक गर्ने काम गर्दा रहेछन् । नेपाल आए पछि उनले लगानी होटलमा गरेका रहेछन् ।
कोरोना महामारीकाबीचमा नेपाल आएका कलेश केही समस्या भएर फर्केका हुनसक्ने भएकाले मैले सोधे,‘ दाई कम्पनी टुटेर आउनु भएको ?’ मेरो प्रश्नमा उनको उत्तर,‘होइन’।

उनी काम गर्ने क्रममा मेसिनमा हात परेर हातको औलामा चोट परेका कारण उपचारको लागि नेपालमा सस्तो पर्ने भएकाले आएका रहेछन् । उनले भने,‘म तिन महिनाको छुटि लिएर आएको छु । म फेरी कतार फर्के पछि मेरा आफन्तहरुले यो पसल सञ्चालन गर्नुहुने छ । म उपचार गराएर फर्किने छु । मैले उनीलाई सोधे, ‘कोरोना भाइरस महामारीले विदेशमा रहेका नेपाली दाजु भाई दिदीबहिनीहरुले दुःख पाउनु भयो । तपाईलाई केही समस्या भएन ?’

मेरो प्रश्नमा मुस्कुराउँदै उनले भने,‘म भाग्यमानी रहेछु मलाई त्यस्तो कुनै समस्या परेन तर त्रास के हो, पिडा के हो मैले नजिकैबाट देखे जसको म बयान गर्नै सक्दिन । आफन्तको साथ, ममताको महत्व त्यतिबेला थाहाँ हुदो रहेछ जतिबेला जीवन र मृत्युबीचको स्वास चलिरहेको हुन्छ । मलाई केही समस्या भएन काम पनि भइनै रहयो । तर, मेरा साथीहरुले धेरै समस्या भोग्नु पर्यो । कम्पनीले काम रोकिदियो । काम नभएपछि पैसा हुने कुरो भएन । एक छाक खान पनि मुस्किल परिरहेको थियो । हामीहरुसँग पनि धेरै सहयोग गर्न सक्ने सामथ्र्य थिएन । जति सकेको गरिम । त्यतिबेला थाहाँ भयो हामी गरिबी र अभावले गर्दा खाडि मुलुकमा पसिना बगाउन पुग्यौ । तर वास्तवमा त्यो अभाव थिएन रहेछ । अभाव के हो विदेश गएर थाहा भयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्