जन्तीको बोकेको जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

जन्तीको बोकेको जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

रुकुम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ७, दाँजेमा शुक्रबार राति जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँचजना पुगेको छ ।

शनिबार बिहान एकजनाको मृत्यु भएसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो । दुर्घटनामा परी गम्भीर घाइते आठबिसकोट– ८, का ५८ वर्षीय लालबहादुर नेपालीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालीको नगर अस्पताल राडीमा सामान्य उपचारपछि थप उपचाका लागि नेपालगन्ज लैजाँदै गर्दा आज बिहान ३ बजेतिर जाजरकोटको कुदुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जन्ती बोकेको जिप सडकभन्दा एक सय मिटर तल खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार आठबिसकोट नगरपालिका– ८, का अन्दाजी ५१ वर्षीय कलिभान नेपाली, सोही ठाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीले घटनास्थलमै ज्यान गएको थियो ।
आठबिसकोट नगरपालिका– ८ को दाजेबाट १०–१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ज ५८९ नम्बरको जिप दाजे भन्ने स्थानमा दुर्घटना भएको हो । चालक डिल्लीबहादुर नेपाली फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्