सोमबार बाख्रा किन्न आउनेले मंगलबार शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको खुलासा

<span class='c1'>सोमबार बाख्रा किन्न आउनेले मंगलबार शिक्षक</span> <span class='c2'>श्रेष्ठको घाँटी रेटेर हत्या गरेको खुलासा</span>

विराटनगर । सोमबार बाख्रा किन्न गएकाहरुले मोरङको मिक्लाजुङ गाउँपालिका १ सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटेर हत्या गरेका छन् । घटनास्थलमा पुग्नु भएका टाँडी मा.वि.का शिक्षक कविन्द्र चाम्मिङका अनुसार मंगलबार शिक्षक श्रेष्ठको हत्यामा संलग्नहरु नै सोमबार समेत बाख्राका पाठापाठी खोज्दै पुगेका थिए ।

मैले भाउजु (मृृतक श्रेष्ठकी श्रीमती) सँग सोधपुछ गर्दा, उनीहरु हिजो पनि आएका रहेछन् शिक्षक चाम्लिङले भन्नुभयो–हिजो बाख्राका पाठापाठी चाहिएको छ भन्दै आउनेहरुले आज घरदेखि ७०० मिटर पश्चिममा लगेर घाँटी रेटेर हत्या गरेछन् ।

यस अगाडी गोली हानेर हत्या गरिएको भनिएपनि शिक्षक श्रेष्ठको घाँटी रेटिएको अवस्थामा लास फेला परेको हो । शिक्षक चाम्लिङ्गका अनुसार लास भएभन्दा दश मिटर माथि जमिन मडारिएको र केहि माटो समेत खनिएको जस्तो देखिन्छ । त्यहाँ दुवैतर्फबीच  घम्साघम्सी भएको जस्तो लाग्छ, शिक्षक चाम्लिङले घटनास्थलबाट भन्नुभयो–प्रहरी बल्ल आईपुगेको छ, हेर्दाखेरी दुई पटक रेटिएको धार देखिन्छ ।

पीडित परिवारलाई उदृत गर्दै शिक्षक चाम्लिङले ओबीलाई दिनु भएको जानकारी अनुसार बाख्रा किन्न आउनेहरु पनि विप्लव माओवादीका कार्यकर्ता नै हुन् । उनीहरुले आफ्नो पाहुना आएकोले मासुको जोहो गर्नुपर्ने कुरा सोमबार शिक्षक श्रेष्ठसँग समेत गरेका थिए रे, शिक्षक चाम्लिङले भन्नुभयो–लुते छन् भन्दा पनि उनीहरुले सोमबार पाठापाठी दिनुपर्ने भन्दै जर्बरजस्ती गरेका रहेछन् । तर, आज बिहानै आएका उनीहरुले किन हत्या गरे भन्ने कुरा बुझ्नै सकिएन ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने प्रहरी घटनास्थलमा पुगेपनि कुनै त्यहाँको प्रहरीसँग सम्पर्क हुन नसकेको बताउनुभयो । प्रहरी उपरीक्षक खड्काले आफू पनि अहिले घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्