सय जनाबाट प्लाज्मा र रक्तदान

<span class='c1'>सय जनाबाट प्लाज्मा</span> <span class='c2'>र रक्तदान</span>

कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गर्नुभएको छ ।

‘रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ’ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९ सङ्क्रमितमा हुने रगत अभावको अवस्था अन्त्य गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख पराजुलीले आजसमेत गरेर आफूले ५४ पटक रक्तदान गरिसकेको जानकारी दिँदै प्लाज्मा तथा रक्तदातालाई प्रमाणपत्र पनि वितरण गर्नुभयो ।
विराटनगर निवासी रक्तदाता रवि शाहले रक्तदान गर्नु एकदमै राम्रो कर्म भएकाले हरेक स्वस्थ मानिसलाई रक्तदान गर्न सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्