विराटनगरमा आईतबार दिनभर हुस्सु र कुहिरो (फोटो फिचर)

<span class='c1'>विराटनगरमा आईतबार दिनभर हुस्सु</span> <span class='c2'>र कुहिरो (फोटो फिचर)</span>

विराटनगर । मंसिरको अन्तिम सातादेखी विराटनगरमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । जसका कारण सडकमा हिड्न र सवारी चालकहरुलाई समेत सवारी साधन कुदाउन समस्या हुन थालेको छ ।


विराटनगरमा अन्यदिन भन्दा आईतबार विहानैदेखी दिनभर नै बाक्लो हुस्सुसँगै कुहिरो लागेको छ । जसको कारण सडकमा आम मानिसहरुको चहलपहल पनि कम देखिएको छ ।

बाक्लो हुस्सु र कुहिरो लागेपछि आमसर्वसाधरणहरु विराटनगरका विभिन्न स्थानका चौक तथा ठाँउहरुमा आगो बालेर बस्न थालेका छन् ।

[caption id="attachment_131455" align="alignnone" width="640"] विराटनगर १२ स्थित चिन्टु चौकमा आगो बालेर ताप्दै स्थानिय
तस्वीर : प्रेम देवान[/caption]

विराटनगरमा आईतबारदेखी अचानक बढेको चिसोको कारण सडकमा बाक्लो लुगा लगाएर मात्र हिड्ने गरेको दृष्य देखिन थालेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पुष महिनाको अन्तिम साता सम्म नै तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्ने जनाएको छ ।

[caption id="attachment_131449" align="alignnone" width="640"] तस्विर : प्रेम देवान[/caption]

हाल तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । जसका कारण बिहानको समयमा राम्रोसँग घाम नलाग्दा तापक्रममा गिरावट आई चिसो नै रहने देखिएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो पश्चिम, मध्य र पूर्वी तराईमा केही दिन सम्म लाग्ने जनाएको छ ।

[caption id="attachment_131450" align="alignnone" width="640"] तस्विर : प्रेम देवान[/caption]

बाक्लो हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढेकोले तराइका जनजिवन कष्टकर बन्दै गएको छ । हुस्सु र कुहिरोले हुने चिसोको प्रभावबाट बच्न मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

[caption id="attachment_131453" align="alignnone" width="640"] तस्विर : प्रेम देवान[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्