आज विहानै हामीले हाम्रो फेसबुक पेजमा तिलहरी हराएको सुचना प्रकाशित गरेका थियौं । आज मंसिर २८ गते बिहान ६ बजे तिर नयाँ विवाह भएको बेहुली लिएर देखभेटमा गएको समयमा टंकिसिनुवारी चौकबाट कंचनवारी हुँदै पोखरीयासम्म जाने क्रममा एक तोला बढि सुन भएको छड्के तिलहरीको तिलहरी झरेर हराएको थियो । यस बारेमा मोहन भट्टराईले हामीलाइ जानकारी गराएर OUR BIRATNAGAR को फेसबुक पेजमा सुचना प्रकाशन गर्न अनुरोध गर्नु भयो । सोहि अनुरुप हामीले फेसबुकमा सुचना प्रकाशित गरेका थियौं । सो सुचना देखेर विराट नर्सिँग होममा कार्यरत देवीका पौडेलले आफ्नो समुहले विहान मन्दिर जाँदा तिलहरी भेटेको र फिर्ता लिन आउन जानकारी गराउनु भएको थियो ।
विराटनगर ४ स्थित कंचनवारी निवासी महिलाहरु जगत कुमारी भट्टारई, मन्दिरा पोखरेल, पुण्य प्रभा ढकाल, देवीका पौडेल र योगिता पौडेलले उक्त तिलहरी मोहन भट्टराई र उहाँकि नवविवाहित श्रीमतीलाइ फिर्ता गर्नु भएको छ । तिलहरी भेटेर उपलब्ध गराउँदा १० हजार पुरस्कार उपलब्ध गराउने भनिए अनुरुपको रकम दिदाँ समेत अस्विकार गर्नु भएको छ । यति मनकारी उहाँहरुलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छौ । यस विषयमा विशेष भिडियो भोली प्रशारण गर्ने छौं ।