विराटनगर । नेपाल सहित विश्वका १ सय २२ देशमा बिद्यार्थीमाझ आयोजना भइरहेको ‘हल्ट प्राइज–२०२०’ को विराटनगरको मेरिल्याण्ड कलेजका वल्भरह्याम्टन विश्वबिद्यालयका बिबिएमका बिद्यार्थीहरुले अन–क्याम्पस कार्यक्रम सम्पन्न गरेका छन् ।
कलेज परिसरमा शनिबार आयोजना भएको फिनालेमा कलेजका १२ वटा टिमले प्रतिस्पर्धा गरेकोमा बिज स्कवाड टिम प्रथम भएको थियो भने दि चर्मर्स दोस्रो तथा इलिमुनेट टिमले तेस्रो स्थान प्राप्त गरेका थिए ।
उक्त कार्यक्रममा उद्योगी महेश जाजु , प्रकाश मुन्डरा , प्राइम बैंकका प्रदेश १ प्रमुख डिमन श्रेष्ठ , अर्थशास्त्री डा पीके झा निर्णायकको रुपमा रहेका थिए ।
प्रतियोगिताको बिजेता टिमले रिजनल प्रतियोगितामा सामेल हुन् जाने छन् भने दोश्रो र तेस्रो स्थानमा रहने टिमले नगद पुरस्कार पाउने छन् ।
युवाहरुलाई सामाजिक उद्यमशिलाता क्षेत्रमा उत्प्रेरणा दिने उदेश्यले हल्ट फाउन्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा बिजेता हुने टिमले १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने हल्ट प्राइजका कलेज निर्देशक रोनक आग्रवालले बताए ।