राजनीति भनेको के हो भनेर अहिलेको जमानामा कसैलाई सोध्नु आफ्नै मुर्खताको परिचय दिनु जस्तै हो तर के राजनीति भन्ने कुरा आज-भोलिकै जस्तो हुन्थ्यो त बिगतमा ? बिगतमा , राज्य चलाउने नीतिलाई नै सरल भाषामा राजनीति भनेर बुझिन्थ्यो र राजनीति गर्नेहरु शिक्षित ,सुसंस्कृत र दुरदर्शी हुनुपर्थ्यो ! के अहिले पनि राजनीति राज्य चलाउने नीति कै रुपमा परिभाषित भैरहेको छ कि यसले अरु धेरै कुराहरुलाई समेटिसकेको छ त ? पहिले -पहिले राजनीति भित्र प्रवेश गर्ने मानिसहरु ठुलो इज्जत भएका मात्रै हुन्थे र उनीहरुको प्रवेश ले देश संचालनमा निक्कै ठुलो योगदान को काम गर्थ्यो तर के अहिले त्यस्तै छ त ? के अहिलेको राजनीतिमा इज्जत भएका मानिसहरु प्रवेश गर्न रुचाऊँछ्न त ? के अहिलेको राजनीतिमा शिक्षित,सुसंस्कृत र दुरदर्शी मानिसहरु ले मात्रै प्रवेश गरिरहेका छन त ?सबैभन्दा ठुलो कुरो , के आजको राजनीतिमा प्रवेश गर्नेहरु प्रति विगतकै जस्तो आम मानिसहरुमा ठुलो इज्जत छ त ? के आजका राजनीतिज्ञ हरुले देश भित्र -बाहिर भएका समस्याहरुलाई समाधान गर्न सक्छन भनेर आम मानिसहरुले विश्वाश गर्छन त ? आजको राजनीति पहिले-पहिले को राजनीति भन्दा धेरै नै फरक भैसकेको छ र आजको राजनीतिले आफ्नो छवि बिगार्दै गैरहेकोछ ! यति हुँदा-हुँदै पनि, मानिसहरु जे छ त्यसैलाई राजनीति मानेर अघि बढिरहेका छन र निरन्तर बढ्दै जानेछन ! यदि अहिलेको राजनीतिले पुरानो राजनीति भन्ने शब्द को परिभाषालाई बदलेर नया ढंगले परिभाषित हुन खोज्दैछ भने अहिलेको राजनीति मा अरु के-के कुराहरु थपिनु पर्छ होला त ? पुरानो जमानामा दुई -चार जना शिक्षित, सुसंस्कृत र दुरदर्शी मानिसहरुले चलाएको राजनीति जस्तै आजको राजनीति त्यसरी नै चल्ला त वा चलिरहन सक्ने छ त ? अचेल त राजनीतिमा समावेशी राजनीतिको बडो जोड-तोड ले आवाज घन्किरहेको छ ! सबै जात-जाति , लिङ्ग , धर्म , पेशा र ठाऊँ का मानिसहरुलाई राज्य संचालन मा सहभागी बनाएर देशको राज्य संचालन गर्ने भनेर चारैतिर ठुलो आवाज उठिरहेको छ , जुन स्वाभाविक पनि मानिन थालेको छ ! जब राजनीतिको नाम मा केहि मुठ्ठी भर मानिसले देशको आम्दानि मा ब्रह्म-लुट गर्नथाले , त्यस्ता कुराको चारैतिर निन्दा हुनथाल्यो र परिवर्तन को मांग हुनथाल्यो !परिणामस्वरूप , समयको मांग अनुसार राजनीतिले पनि आफ्नो दाएरा फराकिलो बनाऊँदै गयो र आजको समावेशी राजनीतिको रुप धारण गर्न बाध्य भयो ! त्यसोभए , राजितिले किन यस्तो ब्यापक रुप लिएर आयो भन्या त सबै मानिसको भातनिति मिलाउन पो रहेछ ! नखाई कन कुनै पनि जीव बाँच्न सक्दैन ! अरु जीव ले आफ्नै किसिमको राजनीति गर्छन होला तर हामि जीव मा पनि सर्बश्रेष्ठ कहलिएका मानिसले चाहिं प्रतक्ष रुपले सबैले देख्ने र महशुश हुनेगरी कस्तो राजनीति गरिरहेका छौं भन्ने कुरा न लुकेको छ न लुकाएर लुकाउन नै सकिन्छ ! अब मूलकुरो तिर लागौं है ! के त्यसो भए आजको राजनीतिले सबै क्षत्र , जात-जाति, लिङ्ग, धर्म , पेशा र ठाऊँ का मानिसलाई समान रुपले समावेश गरेको छ त? महिला लाई ३३% सहभागी बनाउने भनेर अन्तरिम-संबिधान मैं लेखिएको कुरा , आजका राजनीतिक पार्टीहरुले कत्तिको मात्रामा पालना गरेकाछन ? त्यसरी नै अपाङ्गता भएका व्यक्तिहरुलाई कुन-कुन राजनीतिक पार्टीहरुले कति % समावेश गरेका छन त ? आखिर ! आजको राजनीति को अन्तिम लक्ष्य जातनिति, भातनिति र आ-आफ्ना निम्ति गरिएको आत्मनिती नै हो भने अपाङ्गता भएका ब्यक्तिह्हरुको सहभागिता को बारेमा चाहिं राजनीतिक पार्टीहरु के भन्छन त ? यदि सबैले आ-आफ्नो हक -अधिकार जोगाउन र भात को सुनिश्चितता गर्न कै लागि खेलिने खेल लाई राजनीति भनिन थालिएको हो भने त अपाङ्गता भएका व्यक्तिहरुले पनि आफ्नो हक-अधिकारको रक्षा गर्न अहिले कै अवस्थाको राजनीतिमा पनि सहभागिता त जनाउनैपर्छ होला , कि कसो ? अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिमा समावेश कसरि गर्ने वा गरिदै छ त ? आजका साना-ठुला सबै राजनीतिक पार्टीहरुको यस बिषयमा आधिकारिक धारणा के छ त ? कुन-कुन राजनीतिक पार्टीहरुले कुन-कुन ठाऊँ बाट कति % अपाङ्गता भएका ब्यक्त्तिहरुलाई संबिधान -सभाको लागि कति ओटा सिट छुट्याएकाछन त ? कि राजनीतिक पार्टीहरुले पनि अपाङ्गता भएका व्यक्तिहरु प्रति उही पुरानो र रुढिवादी सोचाई राखेर अझै सम्म भेद-भाव नै गरिरहेका छन त ? आजको युग भनेको विज्ञानको युग हो ! आज कुनै पनि कुरा अपूर्ण रहन पाऊँदैना ! विज्ञानको चमत्कार ले जे पनि गर्न सक्षम भैसकेको छ ! पौराणिक कथा हरुमा बर्णन गरिएका हरेक रक्त बिज बाट राक्षश को उत्पत्ति भयो भन्ने कुरा हिजो सम्म काल्पनिक लागे पनि आज त्यो कुरालाई" क्लोनिङ्ग "भन्ने नया बैज्ञानिक आविष्कार ले सत्य ठहराई दिएको छ ! एक थोपा रगतको परिक्षण गरेर कहिल्यै निको नहुने असाध्य रोगहरु पनि निकोपार्ने पद्दति को विकाश हुन गैरहेको छ ! तर केहि मानिसहरु अहिलेको यस्तो समय मा पनि उही सय बर्ष अघिको जस्तो सोच राखेर हिडिरहेका छन ! बरु सय बर्ष अघि गरिने राजनीतिमा एउटा आकर्षण थियो तर अहिले त्यस्तो सम्मानजनक राजनीतिलाई पनि घृणा को खेल बनाईरहेका छन ! ! हिजो २/४ जनाले गर्ने राजनीति मा पनि हजारौंको भलाई लाई आधार बनाएर नीति-नियम हरु बनाएर काम गरिथ्यो तर अहिले हजारौं को सहभागिता हुंदा पनि २/४ जना मात्रै मोटाउने , चिल्ला गाडीमा हुईकिने र ठुला-ठुला आलिशान महलमा बस्ने नीति-नियम हरु बनाईन्छ ! देशमा भएका उद्योग,कलकारखाना र ब्यबशाय दिन-दिनै धरासाई हुदैछन !परिणामस्वरूप , देश अरुको उपनिवेश भएर आफ्नो अस्तित्व गुमाईरहेको छ ! सहि अर्थमा समावेशी हुनु भनेको रोजी,रोटि ,गाँस ,बास र कपास का लागि भएपनी हजारौं युवाहरु अर्काको मुलुकमा गोठालो बस्न जानु पर्ने अवस्था छ ! यस्तो अवस्था बाट मुलुक लाई पार लगाउन नसक्ने पार्टीका नेताहरु चाहिं सपाङ्ग ? अनि उनीहरुले चलाएका पार्टीमा सहभागिता पाउनु पर्यो भन्दै चिच्याउने केहि अंग भंघ भएका व्यक्तिहरु चाहिं अपाङ्ग लाई पनि कोटा दिनुपर्छ भन्दै कराउनु पर्ने ?यहि हो समावेशी राजनीति ? यहि हो देश र जनतालाई मुक्ति दिने राजनीति ? यस्तै नीति अपनाउने झुण्ड हरुचाहीं राजननीतिक पार्टी ? दिएको जिम्मेवारी लाई पुरा गर्न नसक्ने , तलव भत्ता र सुविधा जति सबैथोक आफ्नै पालामा बढाएर भविष्य कोलागि सुनिश्चित गर्ने , आफ्नो हात-जगन्नाथ गरेर ,"मैं खाऊँ, मैं लाऊँ , सब मोज मैं गरूँ , अरु सब मरुन दुर्बलहरु !" को घटिया सोच राखेर हिड्ने गुटका नाईके चाहिं राजनीतिक पार्टीका नेता हुन् र ? अनि हामि संगठितरुपले चल्नु पर्ने मानिस हरु तिनै नाईकेका पछि-पछि लागेर निरिह बन्दै , लौन बाबा ! हामी लाई पनि खान देओन भनेर दैलो चाहार्नु पर्ने ? किन हामि भोटर्स हैनौ र ? भोलि हाम्रो पालो आउदैन र ? नेपाल भरि छरिएर रहेका हामि अंग-भंग भएका , दिमाग भंग भएका छैनौ नि , हामीले हाम्रै नेता लाई भोट हालौं त , भोलि के हुँदो रहेछ ? तर हामि त्यसो गर्दैनौं , किन ? किन हामि ति गुट-उपगुट का पछि लाग्छौं ? किन आखिर किन ? अनि जब जब सरकार परिवर्तन को हल्ला चल्छ , हामि नेताका ढोका-ढोका चाहार्छौँ , किन ? हाम्रा घरका ढोका छैनन् ? हाम्रो आफ्नै संगठन छैन र ? के भोलि तिनीहरुले हाम्रा घर को ढोका ढक-ढक्याउनु पर्दैन र ? ति जमाना गए , जहिले भेडा-बाख्रा जसरि हुलमा गएर भोट खासालिन्थ्यो ! अहिले त एक परिचय-पत्र बराबर एक भोटको जमाना छ , हाम्रो भोट लिने पनि कम्प्युटर छ र गन्ने पनि कम्प्युटर नै हुन्छ ! यस्तो जमानामा पनि हामि अरुका पछि लाग्ने ? हाम्रो कदर गर्छन र हाम्रा लागि छुट्याएको सिट इज्जतका साथ् दिन्छन भने , हाम्रो अधिकार हो , हामि पनि इज्जतका साथ् उनीहरु सरह नै संबिधान-सभाको ढोका भित्र छिर्नु पर्छ ! हैन , उनीहरुले हामीलाई देख्दैनन भने , को अपाङ्ग ? हामि कि उनीहरु ? त्यसपछि हामि आफैंले फैसला गर्नु पर्छ र उनीहरु लाई आँखा देख्न नसक्ने दृष्टि-विहिन को कोटामा राख्नुपर्छ ! संविधानले भनेको कुरो नसुन्ने लाई , सुस्त -श्रवन कोटामा राख्नुपर्छ र पढ्न नसक्ने लाई बहिरा-लाटाको कोटामा पठाउनु पर्छ ! हामि किन उनीहरुलाई गुहार ! गुहार ! गर्दै हिडेका ? सोचौं , बिचारौं र निर्णय गरौँ ! पुरु