जसपाद्धारा विराटनगरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

<span class='c1'>जसपाद्धारा विराटनगरमा प्रधानमन्त्री</span> <span class='c2'>ओलीको पुत्ला दहन</span>

विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा जनता समाजवादी पार्टीले ओलीको पुत्ला दहन गरेको छ । असंवैधानिक कदम खारेज गर्न माग गर्दै जसपाले शुत्रबार नारा जुलुस सहित विराटनगर बजार परिक्र गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो ।


जसपाका केन्द्रीय सदस्यहरु जयराम यादव, तेजलाल कर्ण लगायत जिल्ला स्थरिया नेताहरुको अगुवाईमा विराटनगरमा विरोध प्रदर्शनसँगै पुत्ला दहन गरेको गरेको छ।

जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै त्यसलाई खारेज नगरे सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउनु पर्ने मत राख्दै आएको छ । उसले सरकारको कमदका विरुद्ध जनपरिचालन गर्दै विरोधलाई सशक्त बनाउदै लगेको छ । पुत्ला दहन र विरोध प्रर्दशनपछि संसारीमाई स्थानमा पुगेर कोणसभा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्