कोइराला निवास विराटनगरमा डाक्टर शेखर र आङ्बोबीच छलफल

<span class='c1'>कोइराला निवास विराटनगरमा डाक्टर</span> <span class='c2'>शेखर र आङ्बोबीच छलफल</span>

विराटनगर । संघीय संसद विघटन र त्यसका विरुद्ध सडकमा भईरहेको आन्दोलन तथा प्रदेश सरकारका मुख्यमन्त्री विरद्धको अविश्वासको प्रस्ताव दर्तापछिको उत्पन्न राजनीतिक परिस्थितिको विषयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाा.शेखर कोइराला र प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोबीच छलफल भएको छ ।

प्रदेशमा देखिएको संकटको समाधानका लागि समान राजनैतिक दृष्टिकोण र धारणा बनाउने योजना अनुरुप कोइराला निवास विराटनगरमा केन्द्रीय सदस्य डा.कोइरालासँग भेटवार्ता भएको नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका आङ्बोले जानकारी दिनुभयो ।

आफ्नो फेसबुक पेजमा आङ्बोले कोइरालासँग भेटघाटपछि लिइएको तस्वीरसहित भेटघाटको विषयमा जानकारी दिनुभएको छ । प्रतिगमन विरुद्धको आन्दोलनलाई सडकमा शसक्त बनाउने र त्यसलाई सच्याउन बाध्य बनाउन किसिमको आन्दोलन उठाउने विषयसहित प्रदेश १ मा बन्ने नयाँ सरकार गठनमा काँग्रेससँग सहकार्य गर्न चाहेको विषयमा आङ्बोले कोइरालासँग छलफल गरेको बुझिएको छ । काँग्रेसले प्रदेशमा प्रचण्ड र माधव नेपाल समूहसँग मिलेर सरकार बनाउँदा नै उचित हुने त्यस क्रममा कोइरालालाई आङ्बोले प्रस्ताव गर्नु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्