नेवारी संस्कृति र चाडपर्वसँग सम्बन्धित पुस्तक विमोचन

<span class='c1'>नेवारी संस्कृति र चाडपर्वसँग</span> <span class='c2'>सम्बन्धित पुस्तक विमोचन</span>

विराटनगर । योमरी पुन्हिको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले नेवारी संस्कृतिसँग सम्बन्धित पुस्तक विमोचन र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरमा बुधबार आयोजित कार्यक्रममा गणेश ब्रजाचार्यको लेखन तथा सम्पादनमा प्रकाशित ‘नेवारी संस्कृति तथा चाडपर्वहरू’ नामक पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानले संयुक्त रुपमा विमोचन गरेका थिए । पुस्तकभित्र नेवारी संस्कृति र संस्कारसहित चाडपर्वहरूका बारेमा जानकारीमूलक सामग्री समेटिएको लेखक बज्राचार्यले जानकारी दिए । सोही अवसरमा लेखक बज्राचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा मेयर पराजुलीले भाषा र संस्कृतिको संरक्षण गर्न नसकेका कारण मुलुकको विकास हुन नसकेको बताए । “हामीले हाम्रो भाषा र संस्कृति बिर्सिएका छौं । भाषा र संस्कृति बिर्सिएका कारण हाम्रो देशको विकास हुन नसकेको हो,” उनले भने, “जुन देशले भाषा र संस्कृतिको संरक्षण गरेका छन् ती देशको विकास भएको छ ।”

मेयर पराजुलीले आफ्नो भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न नेवारी समुदायका व्यक्तिहरूलाई आग्रहसमेत गरे । उनले पश्चिमा संस्कृतिको प्रभावका कारण नेपालका मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेको उल्लेख गरे । हरेक समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा झी पुचःका कार्यबाहक अध्यक्ष हरिबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष राजन श्रेष्ठ, महासचिव शरद श्रेष्ठ, वरिष्ठ अभिवक्ता सुरेशलाल श्रेष्ठलगायतले भाषा, साहित्य र संस्कृतिले मुलुकलाई एकढिक्का बनाएर राख्न मद्दत गर्ने बताए । झी पुचःले भाषा र संस्कृतिको संरक्षणसँगै समाजसेवाका कामसमेत गर्दै आएको उनीहरूको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्