प्रचण्ड–माधव समूहलाई देउवाको साथ छैन : नेता बस्नेत

<span class='c1'>प्रचण्ड–माधव समूहलाई देउवाको साथ</span> <span class='c2'>छैन : नेता बस्नेत</span>

विराटनगर । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–माधव नेपाल समूहलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साथ नदिने दावी गर्नु भएको छ । विराटनगरमा युवा संघ नेपाल मोरङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले राजनीतिलाई विकृत बनाउँदै गएपछि अन्य दलको समेत भरोसा गुमाएको दावी गर्नु भएको हो ।

‘प्रचण्ड–माधव नेपाल समूह माउसीले छोडेको पुच्छर मात्रै हुन्’ नेता बस्नेतको आरोप थियो–केहि बेर छट्पटाउँछन् अनि शान्त हुनेछन् । नेता बस्नेतले पार्टी एकताको आवाज अब बलियो नहुने बताउँदै चुडिएको पुच्छर जोड्न सक्ने संभावना सकिएको जिकीर गर्नुभयो ।
पुच्छर जोड्ने अवस्थाबाट अगाडि बढिसक्यो राजनीति, बस्नेतको भनाई थियो–टाउको रहेको भागबाट नयाँ पुच्छर पलाईहाल्छ । प्रचण्ड– नेपाल समूहले पछिल्ला समय गरेका गतिविधिले मुलुकको राजनिति विकृत बाटोमा जाने निश्चित रहेको बताउँदै नेता बस्नेतले अर्को राजनितिक दलका नेताहरुलाई आग्रह गर्दै हिडेपनि पत्याउने अवस्था नहुँदा छट्पटाई रहेको बताउनुभयो ।

प्रचण्डले सत्ता कब्जा गरेर अधिनायकवाद लाद्ने योजना बुनेका कारण संसद विघटन गर्नु परेको जिकीर नेता बस्नेतको थियो । कम्युनिष्ट आन्दोलनले टुटफुट र विकृतिलाई साथ नदिने बताउँदै नेता बस्नेतले पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनुपर्नेमा संसद सचिवालयमा दर्ता गरिएको प्रस्ताव बेअर्थको भएको बताउनुभयो ।

नेता बस्नेतले काँग्रेस सभापति शेरबहादुर देउवा केपी ओलीको विपक्षमा नभिने देखिएपछि रामचन्द्र पौडेलमार्फत दवाव सिर्जना गरिदैं आएको बताउनु भएको छ । देउवाले केपी ओलीको विकल्प नखोज्ने भनेपछि नेता रामचन्द्र पौडेललाई उहाँहरुले परिचालन गर्नु भएको छ, नेता बस्नेतको भनाई थियो– समकालिन राजनीतिमा धेरै कम नेताले मात्र शेरबहादुर देउवाले जस्तो स्पष्ट बोल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्