मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्या आरोपी एकजना पक्राउ

<span class='c1'>मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्या</span> <span class='c2'>आरोपी एकजना पक्राउ</span>

विराटनगर । नेकपा विप्लव समुहका मोरङ जिल्ला इन्चार्ज धन बहादुर बि.क.लाई मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको छ । मोरङका उद्योगी–व्यवसायीसँग चन्दा मागेर हैरान लगाउँदै आएका बि.क.लाई बुढीगंगा–४ बाट पक्राउ गरिएको हो ।

३२ वर्षीय उनी संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका स्थायी बासिन्दा भएको खुलेको छ । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार उनलाई चन्दा माग्ने क्रममै रहेका बेला बुधबार नियन्त्रणमा लिइएको थियो ।

विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियारसहित विभिन्न सामानहरु समेत बरामद भएको थियो । उनलाई प्रहरीले मोरङ मिक्लाजुङ १ बर्खेमा हत्या गरिएको शिक्षक राजेन्द्र श्रेष्ठको कर्तव्य गर मारेको कसूरमा समेत अनुसन्धान गर्ने भएको छ । मंसिर २३ गते शिक्षक श्रेष्ठको हत्या भएको थियो । प्रहरीले उनको साथबाट अटोमेटिक पेस्तोल, गोली र विभिन्न नम्बर भएको सिमकार्ड, मोवायलर को २४ प ४००५ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्