विराटनगर सेन्ट्रल १५ राउण्ड टेवलद्धारा विद्यार्थीलाई न्यानो कपडा

<span class='c1'>विराटनगर सेन्ट्रल १५ राउण्ड</span> <span class='c2'>टेवलद्धारा विद्यार्थीलाई न्यानो कपडा</span>

विराटनगर । राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ द्धारा जाडोको समयमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । राउण्ड टेवलले मोरङको रंगेलीमा रहेको महेश्रीमेही आधारभूत विद्यालयमा अध्ययनरत १ सय ६० विद्यार्थीहरुलाई जुत्ता, मोजा, स्वीटर लगायतका न्यानो कपडा वितरण गरिएको हो ।


राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ का पदाधिकारी तथा सदस्यहरु उक्त विद्यालयमा पुगेर जाडोको न्यानो कपडासँगै विपन्न परिवारका बालबालिकालाई खाजासमेत वितरण गरिएको छ । अत्याधिक जाडोमा न्यानो कपडा पाएपछि सो विद्यालयका विद्यार्थीहरु हर्षित बनेका थिए । राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ ले लगातार १० वर्षदेखि सो विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्