प्रेम देवान
विराटनगर । पाँच करोड ८६ लाख रुपैँया खर्चेर बनाइएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरको नवनिर्मित भवनको सोमबार उद्धघान गरिएको छ । नवनिर्मित भवनको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी प्रद्युम्न कार्कीले एक कार्याक्रमबीच उद्धघाटन गर्नु भएको हो ।
उद्घाटनसँगै इलाका प्रहरी कार्यालय रानीको दैनिक कार्यसम्पादन औपाचारिक रुपमा नयाँ भवनबाट सुरु भएको छ । नवनिर्मित भवनको उद्धघाटन कार्यक्रममा प्रदेश नम्बर १. का प्रहरी प्रमुख डिआईजी ईश्वर बाबु कार्की , जिल्ला प्रशासन कार्यलय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला लगायतको सहभागिता रहेको थियो ।
उद्धघाटनपछि नवनिर्मित भवनमा बनेका आन्तरिक कक्षहरुको अवलोकन समेत गरिएको थियो । नवनिर्मित भवन भित्रका कार्यालय प्रमुख बस्नेदेखी कार्यालय प्रयोजन कक्ष तथा थुनुवा कक्ष समेत निर्माण गरिएको छ । यसअघि जीर्ण र पुरानो भवनबाट जोखिम मोलेर काम गरिरहेको अवस्थामा थुनुवा कक्षाबाट एक जना थुनुवा समेत भागेका थिए । पाँच करोड ८६ लाखको लगानीमा बनेको भवन वेलायती सरकारको आर्थिक सहयोगमा निर्माण भएको हो । प्रहरी प्रधान कार्यालयले समन्वय गरी २०७६ साल असारमा भवनको शिलाल्यनास गरीएको थियो । तत्कालिन प्रदेश १ का प्रहरी प्रमुुख डीआईजी (हाल अवकाश प्राप्त आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले सिलान्यास गर्नु भएको थियो ।
नव निर्मित भवनमा महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको लागी सहज पहुच हुने किसिमको साथै थुनुवा कक्षहरु समेत व्यावस्थित रुपमा निर्माण सम्पन्न गरिएको नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरिक्षक तथा (युएनओपिस) का प्रतिनिधी ईन्द्र प्रसाद न्यौपाने बताउनुभयो । छोटो समयमा नै बनेको नवनिर्मित भवनबाट प्रहरी कर्मचारीमा थप उत्प्रेरणा बढ्ने सेवाग्राहीहरुलाई सहज तथा मुस्कान सहितको प्रहरी सेवा प्रदान गर्न सकिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो ।
भारतसँग सिमा जोडिएको ईलाका प्रहरी कार्यालय रानी विगतमा जिर्ण अवस्थामा भएका कारण यसलाई व्यावस्थित रुपमा बनाइएपछि दक्षिणीभेगको लागी नमुना प्रहरी कार्यालय बन्न पुगेको स्थानिय जनप्रतिनिधी अस्लाम आलमको भनाई छ । प्रदेश नम्बर १ नं. को मुख्य अन्तराष्ट्रिय नाकाको रुपमा रहेको पुरानो भवनमा संरचना अपुग हुँदा अपराध अनुसन्धानमा समस्या हुदै आएको र अब नवनिर्मित भवनबाट प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा सुविधाको लागी अत्यन्तै सहज हुने प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआईजी ईश्वर बाबु कार्कीले बताउनुभयो ।
डिआईजी कार्कीले डिएफआईडीको सहयोग तथा युएनओपिसद्धारा निर्मित भवनको समुचित व्यावस्थापनको रेखदेख तथा आगामी दिनमा पनि यसलाई व्यावस्थित गर्दै लैजान कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।