मोरङको खुल्ला सीमाबाट गुलियो चिनीको तितो व्यापार, प्रहरी पक्रन्छ तर तस्करी रोकिन्न

<span class='c1'>मोरङको खुल्ला सीमाबाट गुलियो चिनीको तितो</span> <span class='c2'>व्यापार, प्रहरी पक्रन्छ तर तस्करी रोकिन्न</span>

विराटनगर । चालु आर्थिक वर्षको छ महिनाको अवधीमा  एक नम्बर प्रदेश मातहतका प्रहरी कार्यालयले भन्सार चोरी निकासीतर्फ प्रहरीले ८० जनालाई नियन्त्रणमा लिइसकेको छ । यस अवधीमा ७ करोड ९९ लाख ८ हजार १०५ रुपँैया प्रहरीले बरामद गरेको अवैध मालवस्तुबाटै राजश्व संकलन भएको छ ।

नदिजन्य पदार्थको अवैध दोहोन गर्ने ११९ जना मानिस, ५४० वटा नदिजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारी साधन पक्राउ गरेर ३७ लाख ७५ हजार ७२० रुपैँया राजश्व संकलन गरेको छ ।
तर, पनि अवैध रुपमा भन्सार चोरी निकासी र अवैध उत्खनन्का गर्नेहरुको कारोबार रोकिनएको छैन । सरकारले सुपाडी, केराउ, मरिच र छोकडाको आयातमा रोक लगाएपछि अवैध कारोबारीहरुले यतिबेला चिनीको तस्करी सुरु गरेका छन् ।


गत वर्षको चैत १६ गतेदेखि भारत तस्करी गरिने मुख्य ४ वस्तुको आयातमा रोक लगाइएको थियो । भारततर्फ गैरकानुनी रूपमा निकासी गरिने मालवस्तुको मौज्दात सकिएपछि अनधिकृत व्यापार गर्न पल्किएकाहरू निकासी छाडेर अवैध आयाततर्फ पल्किएका छन् । यहि अवस्थालाई प्रहरीले मध्यनजर गर्दै कडाई गर्दै आएपनि रोक्न भने सकेको छैन । अहिले चिनीको अवैध आयातमा कारोबारीले प्रहरीलाई समेत झुक्याउने गरेका छन् ।

भारतको थोक बजारमा चिनीको मूल्य प्रति किलोग्राम ५५ देखि ५८ रुपैयाँ छ । नेपालका चिनी उद्योगहरूले प्रति किलोग्राम ७७ देखि ७८ रुपैयाँमा बिक्री गरिरहेका छन् । प्रति किलोग्रामको मूल्यमा २० रुपैयाँसम्म फरक परेपछि अवैध कारोबारीले चिनीलाई प्राथमिकतामा राखेर तस्करी बढाउन थालेका हुन् । विराटनगर, शनिहाटका थोक व्यापारी देवकीनन्द अग्रवाल लकडाउनका अवधिमा प्रतिदिन ३० बोरासम्म चिनी बिक्री गर्ने थरेपनि अहिले चिनीको माग घटेको बताउँछन् । तर, दुई नम्बरी चिनी भित्र्याएर बिक्री गर्नेहरुले भने मूल्य घटाएको अग्रवालको भनाई छ ।

सुनसरीको इस्टर्न सुगर मिल्सका प्रबन्धक कृष्ण गौतमका अनुसार प्रति किलोग्राम ७६ देखि ७७ रुपैयाँमा थोक विक्रेतालाई चिनी बिक्री भईरहेको छ । बजारका खुद्रा पसलमा ७५ रुपैयाँमा चिनी पाउन सकिने अवस्था छैन । सीमा क्षेत्रका सबै छोटी नाकाबाट चिनीको तस्करी भइरहेको छ । मोरङमा सबैभन्दा बढी चिनी तस्करी हुने स्थान पूर्व–दक्षिण सीमान्त क्षेत्रको रतुवामाई, बरडंगा र विराटनगरमा प्रदेश प्रहरी कार्यालय नजिकैको दरैया बस्ती, इस्लामपुर र मटेरुवा रहेको जानकारहरु बताउँछन् ।

रतुवामाई बरडंगा कार्यक्षेत्र भएको इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेका सामानमा प्रायः चिनी रहने गरेको छ । प्रहरीले दशैं–तिहारबीचमा तस्करी खुल्ला गर्दाको पीडा अहिलेसम्म भोगिरहेको छ । प्रहरीकै बद्नाम हुने गरि कतिपय तस्करहरुले लाइनमा ‘सेटिङ्ग’ मिलाएको कुरा सार्वजानिक गरेपछि प्रहरीलाई नैतिक संकट परेको हो ।

तिहार लगतै तस्करी रोकेको प्रहरीले जनवरी सुरु भएपछि लाइन खोल्न संकेत समेत दिइएको थियो । तर, जनवरीमा समेत लाइन नखुलेको डुमरियाबाट तस्करीको काम गर्दै आएका एकजना व्यापारीले दावी गरेका छन् । उनले भने–यहाँबाट त छैन तर विराटनगरमा पहुँचवाला व्यापारीसँगको सेटिङ चाँहि मिलेको छ रे । मोरङ प्रहरीका एकजना सादा पोशाकका प्रहरी जवान भने तिहार लगतै भूमिगत जस्तो भएर बसेको र उनैमार्फत ‘सेटिङ्ग’ चलिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्