विराटनगर । विराटनगर–१० का स्थानीयवासीले सामाजिक क्षेत्रमा संयुक्त योगदान गर्ने उद्देश्यसहित तिनटोलिया समाज गठन गरेका छन् ।
अगुवा तथा प्रतिष्ठित व्यक्तित्वहरुको भेलाले तिनटोलिया समाज गठन गर्ने निर्णय गरेका हुन् ।

यसका लागि प्रारम्भिक प्रक्रिया अगाडी बढाइएको छ । शनिबार तिनटोलिया समाज गठनका लागि त्यस क्षेत्रका अगुवाहरुको भेला आयोजना गरिएको थियो । त्यस अवसरमा समाज स्थापनाको उद्देश्य र लक्ष्यमाथि प्रकाश पारिएको थियो । सहज असहज अवस्थामा एकिकृत ढंगले जुट्ने अवसरको रुपमा गठित समाजलाई प्रयोगमा ल्याउने गरि परिचालन गरिने अगुवा अर्जुन गिरीले बताउनुभयो ।

तिनटोलिया क्षेत्रका १०९ जना अगुवाहरुले समाज गठन गर्ने उद्देश्यसहित शनिबार बनभोजको आयोजना समेत गरेका थिए । विकास र सामाजिक क्षेत्रमा भूमिका बढाउने उद्देश्य राखेर समाज गठन गर्ने अवस्थाासम्म पुगिएको स्थानीयवासी एवं अगुवा लव घिमिरेले बताउनुभयो ।