सहज रुपमा सिमा नाका खुलाउनु पर्ने माग राख्दै,जोगबनी नाकामा विरोध प्रदर्शन

<span class='c1'>सहज रुपमा सिमा नाका खुलाउनु पर्ने</span> <span class='c2'>माग राख्दै,जोगबनी नाकामा विरोध प्रदर्शन</span>

विराटनगर । लामो समयदेखी बन्द भएको नेपाल भारत सिमा जोडिएको रानी भन्सार नाका सहजरुमा आँउजाउ गर्न दिनुपर्ने माग सहित स्थानियले विरोध प्रदर्शन गरेका छन् ।


युथ युनिटी अफ नेपाल नामक सामाजिक संस्थाका युवा र आसपासका स्थानीय व्यापारी , ट्याम्पो तथा सिटी सफारी चालकहरुले आईतबार रानी २ नम्बर ढाँटमा विरोध प्रर्दशन गरेका हुन् ।
स्थानीयले विगतमा जस्तै घरायसी किनमेल, आफन्त भेटघाट, औषधी उपचार र घुमफिरका लागी सीमा नाका स्वतन्त्र छोडिनुपर्ने मागसहित विरोध गरेको स्थानीयले बताएका छन् ।

गत माघ १५ गते बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका चैत्र ११ देखि बन्द गरिएको अन्तराष्ट्रिय सीमा नाकाहरु माघ १६ देखि आवश्यक शर्तसहित खुुल्ला गर्ने निर्णय गरेको थियो । शुक्रबार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्दै गृह मन्त्रालयले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरु आवश्यक प्राटोकलसहित खुल्ला गरेको छ । तर पहिलेको जस्तो सिमा नागका नखोलिएको भन्दै स्थानियले मोरङ प्रशासन प्रति आक्रोस पोख्दै विरोध जनाएक थिए ।


सहज रुपमा आवागमन गर्न पाएका छैनौं, स्थानीय हमित अजादले भने, जोगबनी बोर्डर खुल्ला भनेर समाचारमा आएता पनि सुरक्षाकर्मीले आउजाउ गर्न नदिएको गुनासो गरे ।
मन्त्री परिषदको निर्णय आइसकेको अवस्थामा पनि नाका आज सम्म नखुलेको भन्दै र ब्यवस्थित तरिकाले सिमा नाका खोल्न मांग गर्दै टेम्पु सिटी चालक,बस चालक , स्थानीय युवा व्यवसायहरुले एक घन्टा जति विरोधप्रर्दशन गरेका थिए ।
यता जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सरकारले सीमानाका पुर्ण रुपमा खुुल्ला गरेको नभई नेपाल प्रवेश गर्न चाहने नेपालीहरुको हकमा भने सहजीकरण मात्र गरेको बताउनुभयो । उहाँले भारत जान चाहने नेपालीहरुको हकमा भने कुनै रोकटोक नभएको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्