प्रदेश १ मा १३ हजारले कोभिड १९ विरुद्धको खोप लगाए

<span class='c1'>प्रदेश १ मा १३ हजारले</span> <span class='c2'>कोभिड १९ विरुद्धको खोप लगाए</span>

विराटनगर । प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, धनकुटामा ५३९, पाँचथरमा ४८९, ते¥हथुममा ४४२, खोटाङमा ३४६, उदयपुरमा ३३४, सोलुखुम्वुमा २२६, संखुवासभामा २८१ र ताप्लेजुङमा २१८ जनाले खोप लगाएका छन् ।

प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्र मार्फत खोप लगाउने गरिएको बताउनुभयो ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाईने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्