विराटनगरका मिटरब्याजी मन्टु पूर्पक्षका लागि जेल चलान

<span class='c1'>विराटनगरका मिटरब्याजी मन्टु पूर्पक्षका</span> <span class='c2'>लागि जेल चलान</span>

विराटनगर । सर्वसाधारणलाई ऋण लगानी गरेर ‘टाट’ पल्टाउने गरि ब्याज असुल गरेको अभियोगमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सन्जयप्रसाद रौनियार विरुद्ध पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला अदालत मोरङका न्यायधिश इश्वर पराजुलीले उनी विरुद्ध दर्ता भएका १७ मुद्दामध्ये १३ वटा मुद्दामा पूर्पक्षका लागि थुना आदेश गर्नु भएको हो ।

जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालका अनुसार चारजना वादीको मुद्दामा भने ५ लाख ८० हजार धरौटी माग गर्ने आदेश भएको छ । प्रतिवादी मन्टु विरुद्ध सरकारी वकिलको कार्यालयले ठगी र आपराधिक लाभ मुद्दाको अभियोन दर्ता गराएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर २९ गते उनलाई नियन्त्रणमा लिएर लामो समयसम्म अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले उनी विरुद्ध अदालतमा अभियोजन दर्ता गरेको थियो ।

आइतबार नै उनी विरुद्धको थुनछेक बहस सकिएपनि धेरै वटा मुद्दा रहेका कारण हेर्दाहेर्दैमा राखेर आदेशप्रति तयार गरिएको थियो । स्रेस्तेदार दाहालका अनुसार मन्टुलाई पूर्पक्षका लागि विराटनगरका कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्