लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ

<span class='c1'>लागुऔषध ट्याब्लेट सहित</span> <span class='c2'>४ जना पक्राउ</span>

विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । सुनसरीको धरान उप–महानगरपालिका(१३ बाट सोमवार दिउँसो स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका११ बाट सोमवार साँझ नियन्त्रीत लागुऔषध सहित तिन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय रविन राई, २६ बर्षीय प्रभात राई र १९ बर्षीय संदेश राउतलाई डाइजेल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्