बिराटनगर ,माघ २०
प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आजपनि सरकारी वकिलहरुको बहस जारी रहने भएको छ ।
यसअघि हिजो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहसमा सहभागी हुँदै संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटन सिफारिसको अधिकार रहेको जिकिर गर्नुभयो ।
खरेलको बहस आजपनि जारी रहने जनाइएको छ । त्यसपछि अन्य सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितका कानुन व्यवसायीले बहस गर्ने कार्यतालिका छ ।