विराटनगर । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ इकाई कमिटीले प्रधानमन्त्री केपि शर्मा ओलिको विरुद्ध मसाल जुलुस निकालेका छन् ।
प्रधानमन्त्री ओलिले गरेको संसद विघटनको विरुद्ध नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीले मसाल जुलुस निकालेको हो ।
महेन्द्र मोरङ क्याम्पसबाट सोमबार बेलुका निकालेको मसाल जुलुस रोडशेषमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघका महेन्द्र मोरङ इकाई सभापति जसवन्त पौडेलले प्रधानमन्त्री ओलिले चालेको असंवैधानिक कदमका विरुद्ध देशभरका विद्यार्थी एकजुट हुनुपर्ने बताए ।
उनले पाँच वर्षका लागि जनताले नेकपालाई सरकार चलाउने जिम्मा दिएको बताउँदै आन्तरिक विवाद देखाएर तीन वर्षमै संविधानमा व्यवस्था नै नभएको संसद विघटन गरेर देशलाई दलदलमा फसाएको आरोप लगाए ।
मसाल जुलुमा नेविसंघ महेन्द्र मोरङ इकाई कमिटी सभापति जसवन्त पौडेल , अन्य नेविसंघका नेताहरु आयुस अधिकारी र संरक्षण देवकोटा लगायतको उपस्थिति रहेको थियो ।