ट्राफिक नियम उल्लंघनको जरिवाना को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने

<span class='c1'>ट्राफिक नियम उल्लंघनको जरिवाना को</span> <span class='c2'>भुक्तानी अनलाइनबाटै गर्न मिल्ने</span>

विराटनगर,माघ २१
अब ट्राफिक नियम उल्लंघनको जरिवाना (कारवाही) को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले ट्राफिक नियम उल्लंघन गरेवापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयरको विकास गरेको हो ।

योसँगै अब घण्टौसम्म लाइनमा बसेर जरिवाना रकम बैंकमा क्यास भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडक नियमको उल्लंघन गरि ट्राफिक कारबाहीमा परेका व्यक्तिले अब सजिलै घरमै बसेर डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

डिजिटल भुक्तानी ई–सेवासँग मिलेर ट्राफिक प्रहरी महासाखाले यस्तो सफ्टवेयर ल्याएको हो । बुधबार एक समारोहकाबीच टीभीआरएसको औपचारिक उत्घाटन गर्दै महानगरीय ट्राफिक महाशाखाले प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापनमा थप प्रभावकारी र सहज हुनुका साथै कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताएको छ ।

यसरी गर्न सकिन्छ डिजिटल भुक्तानी :

सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उल्लंघन गरेको कसुर र जरिवाना रकम इ–सेवामा देखाउनेछ । सोही ठाउँमा मागिएको विवरण भरेर सहजै ई–सेवाबाट रकम भुक्तानी गर्न सकिने इ सेवाले जनाएको छ ।

ई–सेवा अकाउन्ट नभएका व्यक्तिहरुले पनि नजिकै रहेको कुनै पनि ई–सेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी गरिने भुक्तानीको राजस्व सिधै सरकारी राजस्व खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ।
-रातोपाटी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्