विराटनगरमा बन्दकर्ता थप आक्रोशित, अर्को गाडी तोडफोड, चियाचमेना होटलको परिकार छरछार (फोटो फिचर)

<span class='c1'>विराटनगरमा बन्दकर्ता थप आक्रोशित, अर्को गाडी तोडफोड,</span> <span class='c2'>चियाचमेना होटलको परिकार छरछार (फोटो फिचर)</span>

विराटनगर । बन्दकर्ता नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले विराटनगरमा अर्को गाडी समेत तोडफोड गरेका छन् । आफ्ना पाँचजना सहयोद्धालाई नियन्त्रणमा लिएपछि आक्रोशित बन्दकर्ताले बा १६ च ४४०४ नम्बरको कार तोडफोड गरेका छन् ।


यसैगरी बन्दको अवज्ञा गरेको आरोपमा महानगरपालिका अगाडीको होटलमा समेत तोडफोड गरिएको छ । मध्यान्हपछि प्रदेश १ राजधानी विराटनगरमा बन्दकर्ताहरुले थप कडाई गर्दै सम्पूर्ण क्षेत्रलाई ठप्प पारेका छन् ।


सार्वजानिक यातायात सञ्चालन भएका छैनन् । मालवहाक सवारीलाई समेत अवरोध गरिरहेका छन् । सिटी सफारी र सिटी रिक्सा भने चलिरहेका छन् । बन्दकर्ता र प्रहरीबीच कतिपय स्थानमा सामान्य ठेलाठेलको अवस्था समेत सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्