बन्दको मारमा ब्यापारि

<span class='c1'>बन्दको मारमा</span> <span class='c2'>ब्यापारि</span>

आकृति रानि फुयल
विराटनगर

देश्ब्यापि रुपमा आज प्रतिनिधिसभा विघटन विरुद्ध दहाल-नेपाल समूहले गरेको आम हडतालको मारमा सबैभन्दा बढि सोझा-सिधा ब्यापारी परेका छन ।
बिराटनगर भट्टीमोड निवासि जामुन महतो एक ठेला ब्यापारी हुन । उनि आफ्नो ठेलामा बदाम,मकै, भट्मास, मम्फलि लगायतका कुरा दिनभर धुलो ,धुवा, भोक प्यास केहि नभनि बरगाछि चोकमा बसेर बेच्ने गर्छ्न।
जामुन भन्छन , मेरो परिवारमा श्रीमत्ति र २ छोरा छन । परिवार जसरि भए पनि पाल्नै पर्छ बिहान सबेरै देखि ठेला लिएर बरगाछि चोकमा दिन भर बसेर बदाम बेचेर जम्मा भएको पैसाले बिहान बेलुकिको छाक टार्नुपर्ने बाध्यता रहेको छ ।
आवर बिराटनगर संग कुरा गर्दै उनले भने, पहिले यहि ठेलामा फलफूल ब्यापार गर्थे तर त्यो ब्यवसायमा घाटा भएपछि मकै भट्मास बेचेर परिवारको गुजारा चलाईरहेको छु। तर आज जस्तै बन्द हडताल फेरि भैरहयो भने मेरो त परिवार भोकभोकै मर्छन । दिउसो २ बजे ठेला निकालेका उनको आज बिक्री भने नभएको गुनासो गरे।
बरगाछिकै अर्का किराना ब्यापारी सन्तोष कोईरालाको गुनासो छुट्टै छ; उनि भन्छन् बिनाकारण जनतालाई दुख दिन गरेको बन्द हो यो । उनले भने, बिहान ७ बजे देखि पसल खोलेको बिक्रीको कुरा त परै छोडौ एकजना पनि ग्राहक आएनन् । तस्बिर :आकृति रानि /आवर बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्