विराटनगर घरमा बिद्युतका डिजिटल मिटर जडान सुरु

<span class='c1'>विराटनगर घरमा बिद्युतका डिजिटल</span> <span class='c2'>मिटर जडान सुरु</span>

विराटनगर । नेपाल विद्युत प्र्राधिकरणले विराटनगर महानगरपालिका भित्रका घरमा बिद्युतको डिजिटल मिटर जडान सुरु गरेको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्रले एनालग मिटरको स्थानमा डिजिटल मिटर जडान सुरु गरेको हो ।

प्राधिकरणको विराटनगर वितरणले गत माघ २ गतेदेखि सेवाग्राहीहरुले प्रयोग गर्दै आएको एनालग मिटरलाई स्मार्ट थ्री फेज मिटरमा प्रतिस्थापन गर्न थालेको छ । केन्द्रले विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बूढीगङ्गा गाउँपालिका र जहदा गाउँपालिमा अवस्थित सब–स्टेशनबाट नियमित विद्युत वितरण प्रणाली मिलाउँदै आएको छ । यी क्षेत्रमा करिब २ हजार ३०० थ्री फेज एनालग मिटरहरुलाई डिजिटल बनाउने योजना अगाडी सारिएको छ । हालसम्म १ हजार २०० मिटर डिजिटलमा रुपान्तरण गरिसकेको छ ।

ग्राहकवर्ग र विद्युत प्राधिकरण दुवै फाईदा पुग्ने विराटनगर वितरण केन्द्रका प्रशासकीय अधिकृत भरत केसीले जानकारी दिनुभयो । डिजिटल मिटर स्थापनापछि मिटर रिडिङ र लाईन काट्ने स्वचालित हुनेछ । ग्राहकहरुले आफ्नो मिटर आफै रिडिङ गरेर भुक्तानी गर्न सक्नेछन् । विराटनगर वितरण केन्द्रको कार्यक्षेत्रभित्र हाल ७२ हजार ९३ घरधुरीले विद्युत उपभोग गरिरहेका छन् । जसमा थ्री फेज उपभोक्ताहरुको संख्या करिब २ हजार ३ सय रहेको छ । पुरानो एनालग मिटरलाई अत्याधुनिक डिजिटल मिटरमा रुपान्तरण गर्न सेवाग्राहीले कुनैपनि किसिमको अतिरिक्त शुल्क नतिर्नुपर्ने प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्