मामाको बिहेमा आएका भान्जाको नालामा डुबेर मृत्यु

<span class='c1'>मामाको बिहेमा आएका भान्जाको</span> <span class='c2'> नालामा डुबेर मृत्यु</span>

सप्तरी
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदहस्थित मामाघर आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।

भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिएअनुसार , मामाको घर पछाडि रहेको धाराको पानी जम्ने खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको हो। मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्