वैशाख १२ को महाभुकम्प पछि मानिसहरु आफू सुरक्षित भएपछि मानिसहरु आफ्नो प्र्यिजन का बारेमा खबर थाहापाउन आतुर रहेका थिए । यस्तो बेलामा मानिसहरु को सहारा बन्नपुग्यो मानिसहरु सग सधै हुने मोबाईल फोन ।तर एकै पल्ट एउटै समयमा सम्पूर्ण मोबाईल प्रयोगकर्ताले फोन प्रयोग गर्न थाल्दा नेटवर्क ब्य्स्त हुनु स्वभाबिक थियो । त्यसैले यस विपत्त को घडिमा मानिसलाई मोबाईल फोन ले प्रदान गर्ने एस.एम.एस र ईन्टरनेट सुबिधा झन उपयोगी बन्न पुग्यो ।
त्यसमा पनि सामाजिक संजाल को योगदान अझ बढी प्रभावकारि साबित भयो ।
बिराटनगरका रमेश बैशाख १२ को भुकम्प पछि आफू त सुरक्षित थिए ,तर उनलाई काठमाडौमा रहेका आफ्नो दाजुको चिन्ताले भने पिरोल्न थाल्यो । भुकम्प गए लगत्तै उनले दाजु सग मोबाईल नेट्वर्क को प्रयोगबाट सम्पर्क गर्ने खोजे तर सम्पर्क हुन सकेन त्यसपछि त उनलाई दाजु को चिन्ता ले झन धेरै पिरोल्न थाल्यो ,तर जब उनि मोबाईल मार्फत फेसबुकमा लग ईन भए ,त्यसपछि उनले केही राहत महसुस गरे ।उनले राहत महशुस गर्नु को पछाडी को कारण थियो ,फेसबुकमा दाजुले लेखेको "म सुरक्षित छु ,अनि तपाईहरु ? " भन्ने विवरण उल्लेख भएको फेसबुक स्टाट्स । त्यसपछि उनले फेसबुक बाटै दाजु सग उहाँको अवस्था बारेमा बुझन थाले भने उनले फेसबुक मार्फत आफ्ना साथीभाइ को अवस्था बारेमा पनि थाहापाए ।
त्यसतै चितवनका हर्कमान रोजगारीको सिलसिलामा एक वर्ष अघि नै मलेसिया पुगेका थिए । मलेसियामै कम्पनीमा काम गरिरहेको अवस्थामै उनले नेपालमा गएको महाभुकम्प बारेमा थाहापाए ,त्यसपछि उनलाई नेपालमा रहेका आफ्ना परिवार को चिन्ताले सताउन थाल्यो । रमेशले जस्तै हर्कमानले पनि आफ्ना परिवार सग निकै पल्ट फोन सम्पर्क को प्रयास गरे तर उनले परिवार सग सम्पर्क गर्न सकेनन् कारण थियो नेट्वर्क ब्य्स्तता । सधै जस्तै डियुटी सकेर हर्कमान सामाजिक संजाल (फेसबुक ) मा लगईन भए र सायद त्यो क्षेण उनको जिन्दगी को सबैभन्दा खुशिको क्षेण साबीत भयो किनभने उनले फेसबुक मार्फत गाउँ को साथी सग सम्पर्क गर्न सके र आफ्नो परिवार र गाउँ सुरक्षित रहेको खबर थाहा पाए ।
भुकम्प पछि घर बाहिर आश्रय लिईरहेका रामेछापका विस्णु को घर भित्र देश -विदेशका खबर थाहापाउन टि:भि थियो तर घर भित्र जान नसकिरहेको त्यो अवस्थामा घरभित्र रहेको टि :भि प्रयोगबिहिन जस्तै सावित भएको थियो ।तर त्यस विपतका बेलामा देश -विदेशका वारेमा उनले फेसबुक र ट्विटर जस्ता सामाजिक संजाल मार्फत थाहापाए । राजधानी बाहिर र भित्र रहेका धेरै नागरिकले धरहरा र वसन्तपुर दरबार क्षती भएको कुरा सर्वप्रथम ट्विटर मार्फत थाहापाएका थिए ।
रमेश ,हर्कमान र विष्णु प्रतिनिधि पात्र मात्र हुन ,साच्चैनै त्यस विपतका बेलामा धेरैले सामाजिक संजाल मार्फत साथीभाइ ,पिजन सग सम्पर्क गर्ने र खबर हरु थाहापाउने गरेका थिए । नेपालमा महाभुकम्प आउँदा हाम्रा प्रधानमन्त्री ज्यु बैंकक भ्रमणमा जानूभएको थियो र नेपालमा गएको महाभुकम्प बारेमा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि को ट्विट बाट थाहापाउनु भयो । यस्बाट के थाहाहुन्छ भने विपतका बेलामा सर्वसाधारण जनता मात्र नभई देशका माथिल्लो निकायका व्यक्ति लाई पनि सामाजिक संजाल सुचना -आदन प्रदान को प्रभावकारी थलो बन्न पुग्यो ।यी कुराहरू सगसगै सामाजिक संजाल बाट बेपत्ता नागरिक हरु खोज्ने ,राहत संकलन गर्ने र राहत नपुगेका ठाउँ को पहिचान गर्ने र त्यहाँ राहत पुरयाउन सहयोग गर्ने जस्ता कार्य पनि सामाजिक संजाल मार्फत सम्भव भएका थिए ।सामाजिक संजाल ले पीडित नागरिक लाई सहयोग गरिरहेका बेला पीडित नागरिकहरु लागि भनेर सामाजिक संजाल हरुले विशेष सुबिधा थप गरे । सामाजिक संजाल फेसबुकले भुकम्प गएको केही घण्टामै प्रभावित ठाउँमा रहेका आफ्ना प्रयोगकर्ताहरु को पहिचान गरि ती प्रयोगकर्ता सुरक्षित भएको वा नभएको बारेमा सर्भे सुरु गर्यो र ती प्रयोगकर्ताको विवरण उनिहरुको फ्रेन्डलिस्टमा रहेका प्रयोगकर्ताहरु लाई "नोटिफिकेस्न अलर्ट " मार्फत दिन थाल्यो । त्यस्तै स्काईप र भाईबर ले आफ्ना नेपाली प्रयोगकर्ता हरु लाई नि :शुल्क आउट कल दिएको थियो । सामाजिक संजाल ट्विटर मा ह्याज ट्याग हरु ' प्रे फर नेपाल ,हेल्प नेपाल ' हरु निक्कै प्रयोग भएका थिए । देश भित्र रहेका युवाहरुले सामाजिक संजाल मार्फत वेपत्ता नागरिकको खोजी गर्ने टिमनै बनाएर लागि परेका थिए । त्यस् बिपत्तका बेलामा सामाजिक संजाल प्रभावकारी काम गरिरहेका बेला ,सुरक्षा निकाय पनि आफ्ना सामाजिक संजाल साईट हरु मा अपडेट भइरहन थाले । भुकम्पमा परि ज्यान घुमाउने ,घाइते को संख्या सगसगै उद्दार का कार्य र प्राप्त राहत सहयोग को विवरण सामाजिक संजाल मार्फत ती निकाय ले जनतालाई प्रदान गरे ।
वास्तवमा भुकम्प पछि सूचना आदन -प्रदान का लागि प्रभावकारी थलो बन्न पुग्यो सामाजिक संजाल ,त्यसैले त्यस बिपत्तका बेलामा सामाजिक संजाल ले गरेको सहयोगको हामिले कदर गर्नै पर्छ ।