नेकपा स्थायी समिति बैठक भोलि पनि बस्ने ; प्रवक्ता ज्ञवाली

<span class='c1'>नेकपा स्थायी समिति बैठक भोलि पनि</span> <span class='c2'>बस्ने ; प्रवक्ता   ज्ञवाली</span>

काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकले संविधान विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको नेकपा स्थायी समितिको बैठकले सर्वोच्च अदालतले गरेको निर्णयमाथि आशङ्का भए पनि संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोही अनुसार अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
बैठकले मुलुकमा राजनीतिक अस्थिरताको शृङ्खला सुरु नहोस् भन्नका लागि पनि पार्टीका तर्फबाट आवश्यक पहलकदमी लिने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताए । साथै नेकपा स्थायी समिति बैठक भोलि पनि बस्ने जानकारी उनले दिए। तस्बिर /सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्