खोटाङ
खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि स्थान बस्ने ३७ बर्षीय निर कुमार चाम्लिङ राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएअनुसार उनको बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका १ मा रहेको रावा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा निर आफैलाई करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको हो।